संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा दुईदिनसम्म सञ्चालन भएको रोजगार मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग भएको छ । विराटनगर-७ स्थित इको पार्कमा हिजो र आज सञ्चालन भएको मेलामा एक सय भन्दा बढी नर्सको माग भएको हो ।

नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सय बढी सयभन्दा नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए ।

Advertisement

नर्स बाहेक प्रशासन, बजार व्यवस्थापक, सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस्ट र बिक्रेतालगायतको माग आएको थापाले बताए । तीन हजार पाँच सयले अवलोकन गरेको मेलामा तीन सय १९ कामदारको माग भएको छ ।

जसमध्ये १२ जनाले काम पाइसकेका छन् भने एक सय ६१ जनालाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् । गतवर्ष आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जनाले रोजगारी पाएका महानगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!