संगालोखबर

विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आज दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल प्रयोग गरी एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि यकिन भइसकेको छैन । यसबारे अनुसन्धान भइरहेको उनले बताए ।

आगलागीबाट करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ । आगोले उक्त कक्षका भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्सरे मेसिन, बेडलगायत सामान जलेको अस्पतालले जनाएको छ ।

आगलागीका बेला आईसीयुमा बिरामी भने थिएनन् । अस्पतालमा आगलागी सुरु भएपछि अन्य वार्डका बिरामी र गुरुवाहरूको भागाभाग भएको थियो ।

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!