विराटनगरको रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१५ स्थित रानी अस्पतालबाट निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले दक्षिणी क्षेत्रमा २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सुरु गरिएको हो ।
उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति सेवाको उद्घाटन गरे । महानगरले भौतिक पूर्वाधारको...



























