लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क
विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अङ्क पाएको छ । आर्थिक वर्ष २०८०/८१ को परीक्षणमा महानगरले ७८ अङ्कसहित उत्कृष्ट नतिजा ल्याएको हो ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा...































