कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ
विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । हिजो विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई घरबाट नै पक्राउ गरेको छ ।
ट्रामाडोल चार हजार नौ सय ३० क्याप्सुल, स्पास्पेन पाँच हजार २६ क्याप्सुल र डिक...



























