
विराटनगर । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार उनीहरू हतुवागढी-९ मचुवाटारका हुन् । उनीहरू कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । उनीहरू साँझ सम्म पनि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक अनिल साहको कमान्डमा खटिएको प्रहरी टोलीसहित स्थानीय र आफन्तले उनीहरूको खोजी गरिरहेका छन् । आज बिहानसम्म पनि उनीहरू फेला नपरेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













