
काठमाडौं । काठमाडौंको कपन स्थित भृकुटीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको मकालु गाउँपालिका घर भएर काठमाडौं बस्दै आएका २४ वर्षीय कुसान शेर्पाको मृत्यु भएको हो ।
गएराति फैकाबाट तीनचुलीतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१४ प ३५६२ नम्बरको मोटरसाइकलसँग शेर्पाले चलाएको बा ८७ प ६३४७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका शेर्पालाई उपचारको लागि चाबहिल स्थित हेल्पिङ हेण्ड अस्पतालमा पठाएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्को मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भएर बौद्ध बस्दै आएका २१ वर्षीय विनोद तामाङ पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

संगालोखबर 



















