
विराटनगर । मोरङको केराबारी गाउँपालिका-५ शान्ति चोकमा टिपरले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । आज बिहान करिब ८ः५० बजे टिपरले ठक्कर दिँदा सोही स्थानकी ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको हो ।
बालुवा लोड गरेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
घरमा पालेको खसी खेदाउने क्रममा बाटो क्रस गर्न खोज्दा वृद्धालाई टिपरले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
टिपर चालक संखुवासभाको चैनपुर नगरपालिका-११ घर भइ सुनसरीको धरान-१३ मा बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

संगालोखबर 



















