संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय र आइतबार तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर चार हजार आठ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला चार हजार आठ सय ६० र आइतबार चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!