संगालोखबर


धनकुटा ।  निर्वाचन अवधिभर धनकुटा जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रहरी खटिने हुँदा आवश्यक जनशक्ति कम भएकाले कारागारको सुरक्षा सेनाले जिम्मा लिएको हो ।

धनकुटाको भीमदल गणबाट सेनाको टोली कारागारमा खटिएको छ । यस अगाडि नेपाल प्रहरी र आवश्यकता अनुसार सशस्त्र प्रहरीको टोलीले कारागारमा सुरक्षा दिँदै आएको थियो ।

सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार र महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिने मन्त्रिपरिषद्को बैठकले निर्णयले गरेको थियो । सोही निर्णय अनुसार धनकुटा कारागारमा पनि सेना सुरक्षाका निमित्त खटिएको छ ।

सरकारको निर्देशन अनुसार भीमदल गण सल्लेरी ब्यारेक धनकुटाले कारागारमा सेनाको टोली पठाइसकेको छ । धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार निर्वाचन अवधिसम्मका लागि मात्रै सेनाले कारागारको सुरक्षाको जिम्मा लिएको हो ।

निर्वाचनमा प्रहरी अन्यत्र खटिनुपर्ने भएकाले सुरक्षाको जिम्मा सेनाले लिएको उनले बताए । जिल्लामा रहेका मतदान केन्द्रको वर्गीकरणको आधारमा प्रहरी खटाइने एसपी क्षेत्रीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!