
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ गर्जुवा स्थित जंगलबाट २०५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई छन् ।
मंगलबार साँझ विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार जंगलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 














