विराटनगरमा सवारी पार्किङ स्थल र शुल्क तोकियो
विराटनगर । विराटनगरमा सवारी पार्किङ स्थान र पार्किङ शुल्क निर्धारण गरिएको छ । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई बुझाएको प्रतिवेदनलाई आधार मानेर पार्किङ स्थान र शुल्क निर्धारण गरिएको हो ।
महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्की र महानगरको राजस्व महाशाखाका अधिकृत सुशील दाहाल सदस्य रहने गरी महानगरले गत...



























