ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२३ जनवरी ७ नेपाल सम्बत ११४३ पोहेलागा पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा पुनर्वसु नक्षत्र, एन्द्र योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज अरनिको स्मृति दिवस परेकोले सबैलाई शुभकामना व्यक्त्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ प्रविधिको प्रयोग गर्दा दक्षता र ज्ञान बढाउन सकिने छ । कलात्मक विषयमा रूचि छ भने विशेषज्ञताको प्रयोग गरी वरिष्ठ कर्मचारीलाई प्रभावित बनाउन सकिन्छ । पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । कार्यक्षेत्रमा आफ्नो सीप र कौशलको प्रदर्शन गर्ने अवसर मिल्नेछ । सिनियर कर्मचारी वा मालिकको स्याबासी पाउन सक्नुहुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ परियोजना वा साझेदारीको शुभारम्भका लागि उपयोगी दिन हो । सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्ने दिन छ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो, आत्मविश्वास र दृढतामा बृद्धि हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्य र आत्मविश्वासको विकास हुनेछ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । काममा सहजता महसुस गर्नुका साथै व्यापाररव्यवसायबाट सन्तुष्टि मिल्नेछ । साथीभाइको सुझाव पनि मार्गदर्शक बन्नसक्छ, तर प्रतिद्वन्द्वी र शत्रुहरूको क्रियाकलापप्रति सजग र सतर्क रहने प्रयास गर्नुपर्छ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कर्मक्षेत्रमा दिलचस्पी जाग्नुका साथै नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, आज प्रतिस्पद्र्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । व्यक्तिगत प्रयोजनमा खट्नुपर्दा अधिकांश समय व्यतीत हुनेछ, पार्टनरको चाहनाअनुसार समय दिन नसक्दा केही असमञ्जसको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष परिस्थितिमा काम छाडी बाहिर निस्कन सकिन्छ, तथापि नियमित कामबाट फाइदा नै हुनेछ । नयाँ लगानीले धनधान्य र भाग्यबल दुबै पक्षमा लाभ हुनेछ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । महत्त्वाकाङ्क्षा राख्नाले लक्ष्य पहिल्याउन सजिलो हुनेछ, कुनै योजना छन् भने अझ धेरै मिहिनेत गर्नुहोस्, सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ, तर मनको कुरो साथीले नबुझिदिंदा वैचारिक मतभेद हुनसक्छ । ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्न सक्छ, रिस आजको शत्रु हो भन्ने ठानी हरेक समयमा धैर्य र संयम रहनु होला । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । सँगीसाथीसँग रमाउने समय छ, युवाउमेरको मन उत्ताउलो बन्नसक्छ, प्रेमीरप्रेमिकाको सम्झनाले सताउने समय हो । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । नजिकै कुनै परीक्षा वा प्रतिस्पद्र्धा आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ, किनभने ओभर कन्फिडेन्स वा घमण्डको भावनाले खराब रिजल्ट दिनसक्छ । प्रयास, प्रतिस्पद्र्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक वातावरण सुखमय नै रहनेछ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने र भविष्यमा कलहको परिस्थिति खडा हुने दिन हो । अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटो खुल्नेछ । यो तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले भरिपूर्ण समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!