- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा छोरा र ज्वाइँको योजनामा बुबाको हत्या भएको खुलेको छ । स्थानीय ४० वर्षीय धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

गत पुस ९ गते आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट दासको हत्या भएको थियो । हत्या आरोपमा उनका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न भारतको बिहार खजुलीका आकाश भनिने सोनु मिश्रा फरार छन् ।

Advertisement

मृतकका ज्वाइँ उदय मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सवारी चालक हुन् । घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर दासको हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!