- संगालोखबर सम्बाददाता

काठमाडौं । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ । तनहुँको दमौली घर भएका ५३ वर्षीय भेषराज लामिछानेको हत्या भएको हो ।

Advertisement

कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक लामिछानेको करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका थिए । बिहीबार राती साढे आठ बजे एक बन्दुकधारीले गोली चलाउँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो । हत्यामा संलग्न २६ वर्षीय स्वानाथन डि एन्जेलालाई प्रहरीले अर्कै राज्यबाट शुक्रबार पक्राउ गरेको छ ।

बन्दुकधारीले पहिले लामिछानेमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको थियो । प्रहरी घटनास्थलमा आइपुग्दा लामिछानेको मृत्यु भइसकेको थियो । लामिछाने कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!