- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंबाट मात्र दिइदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति आइतबारदेखि सातवटै प्रदेशबाट पनि दिइने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेश स्तरबाट पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो ।

Advertisement

श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि त्यहाँबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो । वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति दिइदै आएको छ ।

श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ । अब सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर श्रम स्वीकृति लिन भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झटलाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको समेत जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!