- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश १ का ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नेता कार्कीले दाबी पेश गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुखले सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । समय सिमा सकिनु अगावै कार्कीले झण्डै दुई तिहाइ सांसदको समर्थनमा दावी प्रस्तुत गरेका हुन् । प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन् ।

तर, कार्कीलाई नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदले समर्थन गरेका छन् । अब प्रदेश प्रमुखले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!