- संगालोखबर सम्वाददाता

काठमाडौं । कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले खर्च व्यहोर्ने भएको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement

कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा पुस १६ गते भएको आगलागीमा परी पाण्डेको मृत्यु भएको थियो । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको परिवारलाई उनको शव जति सक्दो चाँडो नेपाल ल्याउन पहल गर्ने बताएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!