स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुन्छः मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताएका छन् । उनले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताएका हुन् ।
इस्वी सम्वत् २०२३ को नयाँ वर्षको अवसरमा महानगरवासीलाई शुभकामना दिँदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका हुन् । उनले संकीर्ण र साँघुरो मानसिकता बोकेर देशको वि...



























