विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने
विराटनगर । विराटनगरमा आज नेपाल खेलकुद महासङ्घको दोश्रो महाधिवेशन सुरु हुँदैछ । विराट नर्सिङ होम पूर्वको मैदानमा बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । महासङ्घले शनिवार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायत खेलहरू प्...






























