प्रदेश १ को न्यूनतम साझा कार्यक्रम सरकारलाई बुझाइयो, यस्ता छन् प्राथमिकता
विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट तयार गरिएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सरकारलाई बुझाइएको छ । न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले मुख्यमन्त्री हिक्मत कार्कीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।
न्यूनतम साझा कार्यक्रम निर्माणका लागि पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा नेकपा एमालेका रामबहादुर राना मगर, रेवतीरमण ...


























