सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । महाशिवरात्रिको अवसरमा आज धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

Advertisement

धनकुटाका बिभिन्न स्थानसहित छिमेकी जिल्लाहरुबाट पनि भक्तजनहरू मन्दिरमा आएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । शिवरात्रिकै अवसरमा विश्रान्ति मन्दिर परिसरमा मिनी मेला पनि आयोजना गरिएको छ ।

धनकुटा सदरमुकामसहित बिभिन्न पालिकामा रहेका शिव मन्दिरहरूमा पनि शिवरात्रि मनाउँन भक्तजनहरूको घुँइचो लागेको छ ।

हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी धुमधामपूर्वक महाशिवरात्रि मनाउँने गर्छन् । सम्पूर्ण प्राणीहरूको हृदयमा धर्म उदय गराउने भगवान् शिवको प्यारो दिनका रूपमा महाशिवरात्री लाई लिने गरिन्छ ।

शिवरात्रिमा उपवास बसी रातभर जाग्राम बसेर गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । भगवान् शिवलाई जाडो नहोस् भनेर शिवरात्रिमा प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने चलन छ ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!