- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा जिल्ला अस्पताललाई एक सय बेडमा स्तरोन्नति गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँन माग गर्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई मागपत्र बुझाइएको छ । प्रदेश सांसद निरन राईसहित धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारीको टोलीले विराटनगरस्थित कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई मागपत्र बुझाएको हो ।

Advertisement

धनकुटामा पाँच सय बेडको शिक्षण अस्पताल बनाउने योजना केही वर्ष अघि प्रदेश सरकारले बजेट भाषणमै समावेश गरेको थियो । तर, त्यसलाई थाती राख्दै पछि जिल्ला अस्पताललाई एक सय बेडमा स्तरोन्नति गर्ने योजना ल्याइयो । यही योजनालाई चाडै कार्यान्वयन गर्न माग गर्दै मागपत्र बुझाइएको हो ।

माग पत्र बुझाउँन प्रदेश सांसद निरन राई, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ सहितको टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

मुख्यमन्त्री समक्ष धनकुटामा शिक्षण अस्पताल, एयरपोर्ट निर्माण लगायत विकास र समृद्धिका लागि विशेष योजना ल्याउन पनि माग गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार धनकुटेलीको मागका विषयमा मुख्यमन्त्री कार्कीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!