विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी
विराटनगर । विराटनगर महानगरपालिमा क्षयरोगका १९१ जना बिरामी भेटिएका छन् । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार महानगरका अधिकांश वडामा क्षयरोगी फेला परेका छन् ।
जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले मोरङमा १ हजार २३८ जनामा क्षयरोगको संक्रमण भेटिएको जानकारी दिएका छन् । एक तथ्यांकअनुसार विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी छन् । सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेप...






























