संगालोखबर

धनकुटा । तमोर करिडोर सडक क्षेत्रमा पर्ने धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

Advertisement

पोष्टमा प्रहरी हवल्दारको नेतृत्वमा ५ जनाको टोली रहने भएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म दैनिक दर्जनौँ सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

उक्त सडक खण्डको पाँचथरतिर मात्र प्रहरी चौकी रहेको अवस्थामा धनकुटातर्फ पनि राखिनुपर्ने माग बढेको थियो । त्यहीकारण प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्टको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल तथा जिल्ला प्रहरी प्रमुख श्यामसिंह चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रहरी पोष्ट स्थापनापछि चौबिसेसहित आसपास क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ । पोष्टमा रहेका प्रहरीले आवश्यक परेको अवस्थामा गस्ती गरी निगरानी पनि गर्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!