संगालोखबर
फाइल तस्वीर ।

विराटनगर । विराटनगर महानगरपालिमा क्षयरोगका १९१ जना बिरामी भेटिएका छन् । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार महानगरका अधिकांश वडामा क्षयरोगी फेला परेका छन् ।

जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले मोरङमा १ हजार २३८ जनामा क्षयरोगको संक्रमण भेटिएको जानकारी दिएका छन् । एक तथ्यांकअनुसार विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी छन् । सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेपाल ९औं स्थानमा पर्छ ।

Advertisement

यसैबीच, महानगरका जनप्रतिनिधि र विभिन्न तहका कर्मचारीहरुलाई क्षयरोगमुक्त नेपाल अभियानसम्बन्धी अभिमुखीकरणमा सहभागी गराइएको छ । उक्त कार्यक्रममा मेयर नागेश कोइरालाले वडास्तरदेखि नै क्षयरोगमुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!