संगालोखबर

ओखलढुंगा । जलविद्युत् आयोजनाका मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

Advertisement

खिजीदेम्बा गाउँपालिका–१ रगनीमा को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खिजीदेम्बा–३ का १८ वर्षीय आयुष सुनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको पछाडिको ट्रली पल्टिँदा त्यसमा सवार मजदुरहरुमध्ये एकजनाको मृत्यु भएको र अन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए ।

घाइतेमध्ये ९ जनालाई गाडीबाट तथा गम्भीर घाइते तीनजनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले बताए । अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

‘ग्रिनभेन्चर हाइड्रो लिखु फोर’ मा काम गर्ने मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा २० जना सवार रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक धनकुटाको महालक्ष्मी–५ का ३८ वर्षीय यमबहादुर निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!