संगालोखबर

विराटनगर । राउण्ट टेबल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ट टेबल नेपाल एरिया–२ ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो ।

Advertisement

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले जानकारी दिए ।

सगरमाथा शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

हरेक विद्यार्थीलाई ७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको राठीले जानकारी दिए । राउण्ट टेवल नेपालले देशभर हरेक वर्ष १ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत ३ वर्षदेखि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको प्रोजेक्ट संयोजक गौरव दुगडले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!