संगालोखबर


विराटनगर । विराटनगरमा संस्थागत विद्यालय सञ्चालनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका कमला–राजबहादुर कुँवरको सम्मानमा स्थापित पुरस्कार विभिन्न क्षेत्रका चारजना व्यक्तित्वलाई प्रदान गरिएको छ ।

आजा आयोजित कार्यक्रममा कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार क्रिकेट खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायक बुद्धि प्रधानलाई प्रदान गरियो ।

Advertisement

११ हजार राशिको कमला–राजबहादुर कुँवर शिक्षा पुरस्कार डा. मनिष अग्रवालले पाए भने त्यति नै राशिको कमला–राजबहादुर कुँवर युवा साहित्य पुरस्कार कवि सुशान्त थापाले प्राप्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशराज सुवेदी, पुरस्कार संस्थापक विवेक कुँवर, प्रमुख अतिथि भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपानेले ती पुरस्कार हस्तान्तरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!