संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ७ मन्त्री र २ राज्यमन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

Advertisement

कोशी सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर नियुक्त भएका छन् । उनी हालसम्म बिना विभागीय मन्त्रीका रुपमा थिए । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यसअघि बिना विभागीय मन्त्रीका रुपमा नियुक्त गणेश उप्रेतीलाई दिइएको छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीमा एकराज कार्की, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई नियुक्त भएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री कार्कीकै जिम्मेवारीमा छ । सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित राज्यमन्त्री नियुक्त गरिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!