संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएर शपथ ग्रहण गरेलगत्तै कार्कीले दुईजना मन्त्री नियुक्त गरेका थिए । आज दुईजना राज्यमन्त्री सहित ७ जना थपिएका हुन् । थपिएका मन्त्री र राज्यमन्त्रीले आजै शपथ ग्रहण गरेका छन् ।

Advertisement

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

हिक्मतकुमार कार्की
मुख्यमन्त्री, कृषि, उध्योग तथा सहकारी मन्त्रालय

रामबहादुर मगर
आर्थिक मामिला तथा योजना मन्त्रालय

राजेन्द्र कार्की
स्वास्थ्य मन्त्रालय

पाँचकर्ण राई
सामाजिक विकास मन्त्रालय

एकराज कार्की
ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय

गणेश उप्रेती
भौतिक पूर्वाधार विकास मन्त्रालय

नारायणबहादुर मगर
पर्यटन, वन तथा वातावरण मन्त्रालय

लिलाबल्लभ अधिकारी
आन्तरिक मामिला तथा कानुन मन्त्रालय

सिर्जना राई
राज्यमन्त्री, मुख्यमन्त्री कार्यालय

बन्दना झाँगड
राज्यमन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय

सरकारमा मुख्यमन्त्री कार्कीसहित एमालेका ६ जना तथा माओवादीका ४ जनाले प्रतिनिधित्व गरेका छन् । मन्त्रीहरु राना, राई, ऊर्जामन्त्री कार्की, अधिकारी एमालेका हुन् । राज्यमन्त्री राई पनि एमालेकै हुन् । यसैगरी, उप्रेती, स्वास्थ्यमन्त्री कार्की र पर्यटनमन्त्री माओवादीका हुन् । राज्यमन्त्री झाँगड पनि माओवादीकी हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!