धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ६६.६० अङ्क प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।
यता, १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिका मध्ये धनकु...
धनकुटा । विद्यार्थी भर्नाको विषयमा उत्पन्न विवादका क्रममा विहीबार धनकुटा बहुमुखी क्याम्पसमा झगडा हुँदा दुई विद्यार्थी घाइते भएका छन् । झगडामा नेपाली कांग्रेस निकट नेवि संघका क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन् ।
कांग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुबीच झगडा हुँदा उनीहरु घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवर...
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । छिन्ताङबाट को १ ज ३११८ नम्बरको पिकअप गाडीमा राखेर हिलेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा फेला परेको हो ।
प्लाष्टिकले प्याक गरी १५ वटा बोरामा हालेर गाडीमा ल्याउँदै गरेको अवस्थामा चार सय किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । उनका अनुसार ग...
विराटनगर । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरेको छ । महानगरको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा यो अभियान थालिएको हो ।
अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कामका विषयमा जानका...
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा ठूलो लगानी गरेर रानीपोखरी ग्रिनपार्क बनाइने भएको छ । महानगरपालिकाले ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा ग्रिनपार्क बनाउँन लागेको हो ।
महानगरका मेयर नागेश कोइरालाले बुधबार ग्रिनपार्कको शिलान्यास गरेका छन् । साढे २ बिघा क्षेत्रफलमा निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताक...
विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गर...
धनकुटा । तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो ।
सो सडकखण्ड ११० किलोमिटर छ । जसमध्ये मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको हो । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने ज...
विराटनगर । विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्गबो लिम्बुले प्रतियोगिता उद्घाटन गरेका छन् । खेलमा न...
काठमाडौँ । फागुन महिनामा ११ दिन सार्वजनिक विदा परेको छ । विभिन्न पर्व, दिवस र शनिवारको बिदासहित एक महिनामा ११ दिन सार्वजनिक बिदा हुनेछ ।
फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दियो, ७ गते प्रजातन्त्र दिवसको बिदा हुनेछ । ९ गते ग्याल्पो ल्होछार परेको छ, १५ गते मगर दिवस छ । २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमाको बिदा हुनेछ । २४ गते पनि बिदा नै छ, त्यो दिन नारी दिवस परेको छ । मगर दिवस राजपत्रमा ...
विराटनगर । विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडको लागतमा नयाँ सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिने भएको छ । १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार टर्मिनल भवनको शिलान्यास गरेका छन् ।
१ हजार ८ सय यात्रु धान्न सक्ने गरी बनाउँन लागिएको टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलको भन्दा ठूलो ...
विराटनगर । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु बनाएर बिहान ४ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भूकम्प मापन भएको छ ।
ताप्लेजुङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । हालसम्म भूकम्पबाट क्षति भएको विवरण प्राप्त भएको छैन ।
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी ८ स्वर्ण, १ रजत र ५ काश्य पदकसहित ठाकुरदेवीले उपाधि जितेको हो ।
प्रतियोगितामा ४ स्वर्ण, ११ रजत र ३ काश्य पदक प्राप्त गर्दै पञ्चकृष्ण मावि द्वितीय बनेको छ भने ४ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित टपुदेवी माविले तृतीय स्थान हासि...
धनकुटा । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउँन दक्ष...
विराटनगर । करिब चार लाख मानिसले सीएनआई कोसी एक्स्पो अवलोकन गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले माघ १९ देखि २८ गतेसम्म विराटनगरमा एक्स्पो आयोजना गरेको हो ।
१० दिनसम्म सञ्चालन भएर शनिवार सकिएको एक्स्पो अवलोकनका लागि करिब चार लाख मानिस आएको र एक्स्पो सोचेभन्दा धेरै सफल भएको आयोजकको दावी छ । आयोजक सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले एक्स्पो अत्यन्तै सफल भएको दाबी गरे । उनले एक्...
काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठीचार्ज गरेको विरोधमा संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार प्रहरीको लाठि चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंह घाइते भएका थिए । घटनापछि शनिवार संघको केन्...
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो’ शनिवार सकिदैछ । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको शनिवार दिउँसो समापन कार्यक्रम हुँदैछ ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे समापन कार्यक्रम गरिदैछ । कार्यक्रममा संघीय सरकारका सामान्य प्रशासनमन्त्री अमनल...
धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरमा खेलकुद गतिविधि बढाउँन सम्बद्ध सङ्घसंस्थाहरूलाई आग्रह गरेका छन् । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले यस्तो आग्रह गरेका हुन् ।
खेलकुद गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने सम्भावना देखाउँदै मेयर तामाङले खेलकुद गतिविधि सञ्चालनका लागि नगरपालिकाले सक्दो ...
धनकुटा । धनकुटाका स्वर्गीय पत्रकार पूर्णकुमार चौधरीको नाममा पुरस्कार कोष स्थापना गरिने भएको छ । नेपाल प्रेस युनियन धनकुटाले शुक्रबार शोक सभा गरेर १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेको हो ।
पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरी प्रेस युनियनका कोषाध्यक्ष थिए । कोषाध्यक्ष चौधरीको स्मृतिमा पुरस्कार कोष स्थापना गर्न लागिएको प्रेस युनियनका जिल्ला अध्यक्ष हिमा चेम...
ई.सं. २०२३ फेब्रुअरी १० नेपाल सम्बत ११४३ सिल्लागा चतुथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कुष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा बिहीबार राती ट्याक्टर पल्टिएर किच्दा एक वृद्धाको मृत्यु भएको छ । घरको भान्सा कोठामा आगो तापिरहेका बेला राती करिब ८ बजे ट्याक्टर पल्टिएर किच्दा म्याङलुङ–६ की ७८ वर्षीया हर्कमती लिम्बुको मृत्यु भएको हो ।
इटहरीबाट ग्यास सिलिन्डर बोकेर म्याङलुङ आउँदै गरेको को २ त ५५९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर रोड तल्तिर रहेको घरको भान्सा कोठामा पसेक...
धनकुटा । धनकुटा जिल्ला अस्पताललाई एक सय बेडमा स्तरोन्नति गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँन माग गर्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई मागपत्र बुझाइएको छ । प्रदेश सांसद निरन राईसहित धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारीको टोलीले विराटनगरस्थित कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई मागपत्र बुझाएको हो ।
धनकुटामा पाँच सय बेडको शिक्षण अस्पताल बनाउने योजना केही वर्ष अघि प्रदेश सरकार...
धनकुटा । धनकुटा नगरपालिकाको टिमले सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा चौबिसे गाउँपालिकाको टिमलाई २-० गोल अन्तरले पराजित गर्दै धनकुटा नगरको टिमले उपाधि जितेको हो ।
धनकुटाको जितका लागि सन्ध्या रम्तेल र भूमिका राईले समान एक/एक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल गर्न नसक्दा चौबिसे उपविजेतामा सीमित बन्...
काठमाडौं । नेता राजेन्द्र गौतम नेकपा एमाले प्रदेश १ को इन्चार्ज बनेका छन् । एमालेले संखुवासभाका नेता गौतमलाई पार्टीको प्रदेश १ इन्चार्जको जिम्मेवारी दिएको हो ।
पार्टी केन्द्रिय सचिवालयको बिहीबार बसेको बैठकले नेता गौतमलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि झापाका देवराज घिमिरे प्रदेश इन्चार्ज थिए ।
प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि घिमिरे पार्टीको सबै जिम्मेवारीबाट...
रौतहट । बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ । झगडामा परी रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियाका पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको हो ।
खेत जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ हानाहान भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोलाले घरमै पुगेर सुगन्धी देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गर...
ई.सं. २०२३ फेब्रुअरी ९ नेपाल सम्बत ११४३ सिल्लागा चतुर्थी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कुष्ण चतुर्थी, चन्द्रमा कन्या राशिमा उत्तर फाल्गुनी नक्षत्र, सुकर्मा योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्र...
धनकुटा । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाको टिम सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । धनकुटाको तल्लो टुँडिखेलमा बुधबार भएको सेमिफाइनल खेलमा बिजयी हुँदै दुवै टिम उपाधि नजिक पुगेका हुन् ।
सहिदभूमि गाउँपालिकालाई १-० गोलले पराजित गर्दै चौबिसे गाउँपालिका फाइनल प्रवेश गरेको हो । त्यस्तै, पाख्रीबास नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै धनकुटा नगरपालि...
विराटनगर । लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो ।
गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य द्वय डा.शेखर कोइराला, डा.सुनिल शर्मा र प्रदेश मन्त्री जीवन ...
धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकाका ४ सय भन्दा बढी परिवारलाई गरिब परिचयपत्र प्रदान गरिएको छ । ६ सय १९ गरिब घरपरिवार मध्ये हालसम्म ४ सय २८ परिवारलाई परिचयपत्र प्रदान गरिएको हो ।
यसअघि वडामा घुम्ती शिविर सञ्चालन गरेर गरिब परिचय पत्र प्रदान गरिएको थियो । अब, बाँकीलाई पालिकाबाटै परिचयपत्र प्रदान गर्न थालिएको गाउँपालिकाका रोजगार संयोजक सीता पौडेलले जानकारी दिइन् ।
गरिबी न्यूनिकरणका लागि सरकारले...
विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट तयार गरिएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सरकारलाई बुझाइएको छ । न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले मुख्यमन्त्री हिक्मत कार्कीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।
न्यूनतम साझा कार्यक्रम निर्माणका लागि पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा नेकपा एमालेका रामबहादुर राना मगर, रेवतीरमण ...
झापा । झापाबाट एयरगन सहित भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट प्रहरीले हतियारसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ ...