विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगरमा होटल सञ्चालिकाको कुटपिटबाट ग्राहकको मृत्यु

विराटनगर । कुटपिटबाट घाइते भएका विराटनगर महानगरपालिका–१९ बैजनाथपुरका ५० वर्षीय वीरबल गोसाइको मृत्यु भएको छ । उनलाई बैजनाथपुरमा होटल सञ्चालन गर्ने स्थानीय तालीदेवी ऋषिदेवले कुटपिट गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ खाजा खान पसलमा गएका वीरबल र ऋषिदेवबीच भनाभनपछि झगडा भएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् । त्यही क्रममा ऋषिदेवले वीरबलमाथि कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएका...
पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

विराटनगर । नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले आइतबार ४ बुँदे वक्तव्य जारी गर्दै नेप...
संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

संखुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जका एकजना कर्मचारी आज मृत अवस्थामा भेटिएका छन् । मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेमस्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की मृत अवस्थामा भेटिएका हुन् । निकुञ्ज कार्यालयभन्दा केही पर कार्कीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरह...
मोरङ र सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु

मोरङ र सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मोरङमा खोलामा नुहाउने क्रममा एकजनाको मृत्यु भएको हो भने सुनसरीमा नहरको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको पथरी शनिश्चरे–७ का ४६ वर्षीय धनराज गिरीको स्थानीय पथरी खोलामा नुहाउने क्रममा डुबेर हिजो अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरेर उनलाई मंगलबारे अस्पताल...
झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । केर्खाबाट दमक आइरहेको प्र–१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा पछाडि बसेका शिवसताक्षीका ४० वर्षीय नवीन आचार्य र चालक २६ वर्षीय पदम पौडेल घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । अ...
पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा पहिरो खसेको छ । गएराति खसेको पहिरोका कारण उक्त सडक भएर सवारी साधनहरु आउजाउ गर्न सकेका छैनन् । साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । खोटाङबा...
इलामको सिंहवाहिनी मन्दिरबाट दानपेटिका चोरी

इलामको सिंहवाहिनी मन्दिरबाट दानपेटिका चोरी

इलाम । इलाम सदरमुकामस्थित प्रसिद्ध सिंहवाहिनी मन्दिरभित्र राखिएको दानपेटिका गएराति चोरी भएको छ । मन्दिरको मूल ढोकाको ताला फुटाउँदै भित्र पसेर दानपेटिका चोरेको पाइएको हो । मन्दिरभित्रबाट दानपेटिका चोरी गरेपछि केही पर पुर्याएर त्यसभित्र रहेका रकमसहितका सामग्री चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजीव नेउपानेले जानकारी दिए । मन्दिर भित्रबाट निकालिएको दानपेटिका करिब सय मिटर पर जंगलमा लगेर...
छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ

खोटाङ । १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा खोटाङका एकजना शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारबाट बालिका गर्भवती भएको थाहा पाएपछि पीडित पक्षका तर्फबाट घटनाबारे जानकारी गराइएको थियो । त्यसकै आधारमा हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारको घटना सुरुमा गुपचुप रहेको तर बालिका गर्भवती भएपछि सोधीखोजी गर्द...
झापामा लागुऔषध ओसार्ने भारतीय नागरिक पक्राउ

झापामा लागुऔषध ओसार्ने भारतीय नागरिक पक्राउ

झापा । लागुऔषधसहित झापामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध भित्र्याउन सक्रिय बनेका उनलाई प्रहरीले झापा गाउँपालिका–५ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् । उनको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगर, ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय रुपैयाँ र एउटा मोबाइल फोन बरामद गरेको छ । ...
२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते

२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते

धनकुटा । धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घण्टामा भएका सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । शनिबार भएका बेग्लाबेग्लै १५ वटा दुर्घटनामामध्ये सबैभन्दा बढी झापामा भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलामलगायत जिल्लामा दुर्घटना भएका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–३ मा भोजपुरतर्फ जाँदै गरेको सघन सहरी तथा भवन निर्माण कार्यालय धनकुटाको प्रदेश नम्बर...
२०८१ असार १६ गते आइतबार/आजको राशिफल

२०८१ असार १६ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ असार १६ गते आइतबार ई.सं.२०२४ जून ३० नेपाल सम्बत ११४४ तछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगंड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शु...
दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन

दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन

विराटनगर । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर समालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो । एकसमय ३० बलमा ३० रन चाहिएको अवस्थाबाट भारतले पुनरागमन गर्दै १४ वर्षपछि विश्वकप उपाधि जित्यो । भारतले २0११ मा एकदिवसी...
आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने

आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने

विराटनगर । आज राति कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीका पूर्वी जिल्लाहरुमा बढी पानी पर्ने अनुमान गरिएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा मुसलधारे पानी पर्ने...
कमेडी च्याम्पियनमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप

कमेडी च्याम्पियनमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप

विराटनगर । रियालिटी शो कमेडी च्याम्पियन सिजन–३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् । यस्तै, नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनरअप बनेकी छन् । उपाधि विजेता खड्काले २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पुरस्कार पाउनेछन् । फाइनलमा पुगेका तीनै जनाको १५–१५ लाख रुपैयाँको जीवन बीमा प...
पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

ताप्लेजुङ । पहिरोमा परी घाइते भएका सिरिजंगा गाउँपालिका–६ का ६३ वर्षीय पदमबहादुर लिम्वूलाई उपचारका लागि विराटनगर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई विराटनगर लगिएको हो । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार उनलाई विराटनगरको नोवेल अस्पतालमा भर्ना गरिएको छ । लिम्वूलाई हिजो बेलुका घर फर्कने क्रममा पहिरोले बगाएको थियो । गाउँलेले उनको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपच...
असार १५ : अग्रजलाई दही चिउरा र सम्मान

असार १५ : अग्रजलाई दही चिउरा र सम्मान

विराटनगर । असार १५ का अवसरमा विराटनगर महानगरपालिका वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाएर सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मानस्वरुप दही चिउरा खुवाएर शुभकामना आदानप्रदान गरिएको आयोजकले जनाएको छ । असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाइएको आयोजक समिति...
झापामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उच्च अदालत विराटनगर, इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति श...
धनकुटामा असार १५ को रमझम (तस्वीरहरू)

धनकुटामा असार १५ को रमझम (तस्वीरहरू)

धनकुटा । असार १५ का दिन आज धान दिवसका रुपमा धनकुटामा पनि विभिन्न कार्यक्रम गरिएको छ । धनकुटा नगरपालिका–६ स्थित पात्लेमा पञ्चेबाजासहित बेठी लगाएर धान रोपाइँ गरियो । विभिन्न सरकारी निकाय, संघ संस्था, कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियानलगायत संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो । धनकुटामा रहेको निजामती आवसीय माविका विद्यार्थीहरुले पनि खेतमा धान रोपेर उत्साहका साथ धान दिवस मनाएका थिए । ...
मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण

मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण

विराटनगर । पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आदर्शवादी नेता स्वर्गीय मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । उनकै नाममा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयमा आज आयोजित कार्यक्रममा स्मरण गरिएको हो । मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित विश्वविद्यालयले मनमोहनको १०४औँ जन्मजयन्तीको अवसरमा स्मृति सभा आयोजना गरेको हो । त्यस अवसरमा सहभागी वक्ताहरुले अधिकारी सदाचारी नेता भएको उल्लेख गर्दै शिक्षा र ...
कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् । धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गत...
एसईईमा इटहरीको पाथीभरा विद्यालयको उत्कृष्ट नतिजा

एसईईमा इटहरीको पाथीभरा विद्यालयको उत्कृष्ट नतिजा

सुनसरी । इटहरीस्थित पाथीभरा माध्यमिक विद्यालय २०८० को माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । इटहरी उपमहानगरपालिका–४ भेटघाट चोकस्थित उक्त विद्यालयका ३२ जना विद्यार्थीले परीक्षा दिएकामा पाँच जनाले ३.८० देखि ४ जीपीए हासिल गरेका छन् । यसैगरी, १५ जना विद्यार्थी ३.६० देखि ३.७९ जीपीए सहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये आ...
पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको पहिरोले पुरिएर गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सुतिरहेका बेला गएराति झरेको पहिरोमा घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो । एकजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया ...
आईसीसी टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि आज राति भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार खेल राति ८ः१५ बजे सुरु हुनेछ । वर्षाका कारण आजको खेल रद्द भएको अवस्थामा भोलिका लागि सारिनेछ । आइतबार पनि वर्षा भएर खेल हुन नसके दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिने जनाइएको छ । भ...
कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा प्रदेश सरकारले यथोचित सहयोग गर्ने उल्लेख गरेका छन् । २१औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर...
झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापा । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–२ डिगाउँका ३५ वर्षीय राजेश तामाङलाई प्रक्राउ गरिएको हो । तामाङले हिजो दिउँसो स्थानीय ७० वर्षीया गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो सिक्कल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा खेतबारीमा लुकीछि...
२०८१ असार १५ गते शनिबार/आजको राशिफल

२०८१ असार १५ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असार १५ गते शनिबार ई.सं.२०२४ जून २९ नेपाल सम्वत् ११४४ तछलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको...
असार पन्ध्र (कविता)

असार पन्ध्र (कविता)

कति सुन्दर छन् पहिरी लहरा रह भूधर यी सजिए पहरा । मधु आँप लिची फल आरु फली छ सुगन्ध मिठो तरुमाझ गली ।।१ जलपान गरी छ धरा रसिलो बिउ धान भरी छ गरा हँसिलो । मनमोहक भो झरिलो प्रकृति बनियो वसुधा अति दिव्य कृति ।।२ जलले स्थल यो परिपुष्ट गरी पथ चुन्छ नयाँ अनुराग भरी। जब छर्छ कयौँ कण मेघ घुमी नभले धरणी तब छुन्छ झुमी ।।३ नव बीज मुठीभर लिन्छु छरी सुन बन्दछ त्यो सब खेतभरि । छ हिलो थलमा अ...
झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापा । झापाको दमकमा विद्युतीय गाडी सिटीसफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । दमक नगरपालिका–१ मा भएको दुर्घटनामा दुवैजना घाइते भएकामा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू ...
आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

विराटनगर । आज असार १५ । मुलुकभर विभिन्न कार्यक्रम गरी आज धान दिवस मनाइँदैछ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइँदै गरेको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई प्रोत्साहन दिन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा ...
सहिदभूमि गाउँपालिकाद्वारा कर्मचारीहरू सम्मानित

सहिदभूमि गाउँपालिकाद्वारा कर्मचारीहरू सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ । दोस्रो गाउँसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकका अवसरमा कर्मचारीलाई सम्मान गरिएको हो । सर्वोकृष्ट कर्मचारीका रूपमा इन्जिनियर शरद पण्डितलाई सम्मान गरियो । यस्तै, टंकप्रसाद राई, भाग्यमाया राई, बद्री कार्की र मणिकुमार राईलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । कर्मचारीहरूलाई गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक...
जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

विराटनगर । विराटनगरको खानेपानी वितरण प्रणाली सुधारका लागि जापान सरकारले सहयोग गरेको छ । नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले अनुदान सहयोग गरेको हो । २ अर्ब ५४ करोड जापानी येन लागत रहेको आयोजनाको संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आज शिलान्यास गरे । देशकै खानेपानीको समस्या समाधानका लागि काम गरिरहेको बताउँदै मन्त्री राईले यो परियोजना ...
error: Content is protected !!