संगालोखबर

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि आज राति भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार खेल राति ८ः१५ बजे सुरु हुनेछ ।

Advertisement

वर्षाका कारण आजको खेल रद्द भएको अवस्थामा भोलिका लागि सारिनेछ । आइतबार पनि वर्षा भएर खेल हुन नसके दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिने जनाइएको छ ।

भारत १० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । भारत यसअघि सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला भारतीय टोलीलाई फाइनलमा श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका यसअघि दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा भारत अगाडि देखिन्छ । पछिल्लो वरीयतामा भारत पहिलो स्थानमा छ । उक्त वरीयतामा दक्षिण अफ्रिका भने पाँचौँ स्थानमा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!