संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ । दोस्रो गाउँसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकका अवसरमा कर्मचारीलाई सम्मान गरिएको हो । सर्वोकृष्ट कर्मचारीका रूपमा इन्जिनियर शरद पण्डितलाई सम्मान गरियो । यस्तै, टंकप्रसाद राई, भाग्यमाया राई, बद्री कार्की र मणिकुमार राईलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । कर्मचारीहरूलाई गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गरेका थिए ।

अधिवेशनको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट तथा कार्यक्रम, विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, संगठन तथा व्यवस्थापन सर्वेक्षण तथा स्थानीय पाठ्यक्रम ‘सहिदभूमि गाथा’ सभाबाट पारित भएको अध्यक्ष राईले जानकारी दिए ।

यस्तै, न्यायिक समितिको प्रतिवेदन–२०८१ र मेलमिलापकर्ताको नामावली सभाबाट अनुमोदन गरिएको गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!