संगालोखबर

विराटनगर । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर समालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो ।

Advertisement

एकसमय ३० बलमा ३० रन चाहिएको अवस्थाबाट भारतले पुनरागमन गर्दै १४ वर्षपछि विश्वकप उपाधि जित्यो । भारतले २0११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। टी-२० विश्वकपको भने भारतको यो दोस्रो उपाधि हो । यसअघि २००७ मा भारतले पाकिस्तानलाई हराएर च्याम्पियन बनेको थियो ।

खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि २७ बलमा ५२ रनको इनिङ खेले। उनी बाहेक क्विन्टन डिककले ३९ रन बनाउँदा ट्रिस्टन स्टब्सले ३१ रन र डेभिड मिलरले २१ रन बनाए । भारतका लागि हार्दीक पाण्ड्याले ३ विकेट लिंदा अर्सदीप सिंह र जसप्रित बुमराहले समान २-२ विकेट लिए । त्यस्तै अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले टी-२० फाइनलकै उच्च स्कोर बनाएको थियो । भारतले १ सय ७६ रन बनायो। यसअघि २०२१ मा न्युजिल्यान्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले बनाएको १ सय ७३ रन फाइनलको उच्च स्कोरको रुपमा रहेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो । उसका लागि ओपनर विराट कोहलीले जारी विश्वकपकै उत्कृष्ट इनिङ खेले । उनले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए । उनी प्लेयर अफ द फाइनल समेत बने । त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम् दुवेले २७ रन बनाए। दक्षिण अफ्रिकाका लागि केशर महाराज र एनरिच नोर्तेजले २-२ विकेट लिए । त्यस्तै मार्को जनसेन, कागिसो रबडाले १-१ विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!