मोरङको निमुवा मोटरसाइकल दुर्घटनाका दुवै घाइतेको मृत्यु, मृतकको खुलेन पहिचान
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–४ निमुवास्थित कोशी लोकमार्गमा सोमबार विहान भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवाको उपचारका क्रममा मृत्यु भएको छ । बुढिगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यसअघि दुर्घटना पश्चात उपचारका लागि लैजाने क्रममा चालकको पनि मृत्यु भएको थियो । तर, दुवै मृतक को हुन् भन्ने पहिचान खुल्न सकेको छैन । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ ...































