संगालोखबर

विराटनगर । आज असार १५ । मुलुकभर विभिन्न कार्यक्रम गरी आज धान दिवस मनाइँदैछ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइँदै गरेको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई प्रोत्साहन दिन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

Advertisement

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल ग्राहस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल ग्राहस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ ।

नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ । खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करिब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ ।

असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!