आरक्षण बढाउँन दलित महिलाको माग
विराटनगर । कोशी प्रदेशका दलित महिलाहरूले आरक्षण कोटा बढाउँन माग गरेका छन् । न्याय, समानता र सम्मानका लागि दलित महिला संघले विराटनगरमा आयोजना गरेको दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले दलित समुदाय, महिला र दलित महिलाको आरक्षण कोटा बढाउँन माग गरेको हो ।
बिहीबार सम्पन्न सम्मेलनले आरक्षण कोटा बढाउँनुपर्नेसहित १९ बुँदे माग र पाँच बुँदे प्रतिवद्धतासहितको विराटनगर घोषणापत्र जारी गरेको छ । ...






























