बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता
काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो ।
उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयको भनाइ छ’ ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थी...






























