संगालोखबर


विराटनगर । माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि भएका कमी कमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३–१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो ।

Advertisement

च्याम्पियनसिपमा कीर्गिस्तान र श्रीलंकाको दुई जितबाट समान ४ अंक छ । नेपाल र माल्दिभ्सले कुनै अंक जोड्न सकेका छैनन् । आजै राति कीर्गिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ । आजको दुई खेलपछि लिग चरणमा शीर्ष स्थानमा रहने र अन्य स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।

जेनिशा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीमा सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मीना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!