संगालोखबर

धनकुटा । पैसा लगेर फिर्ता नदिएको अभियोगमा संखुवासभाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-४ सेकाहाका ५४ वर्षीय लक्ष्मण राई छन् ।

Advertisement

प्रहरीका अनुसार राईले धनकुटाका एक व्यक्तिबाट पैसा लिएका थिए । उनले १६ लाख ५० हजार पैसा फिर्ता गर्नुपर्ने छ । तर, फिर्ता गर्ने बेलामा पैसा नभएको बैंक खाताको चेक दिएर ‘चेक बाउन्स’ भएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही प्रकृया अघि बढाइएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिए । ‘धनकुटाका एक जना मान्छेबाट पैसा लगेको रहेछ, पैसा फिर्ता गर्ने बेलामा पैसा नभएको चेक दिएपछि चेक बाउन्स भयो,’ प्रहरी प्रवक्ता महर्जनले संगालोखबरसँग भने, ‘मुद्दा परेपछि खोजतलास गर्ने क्रममा संखुवासभाबाट पक्राउ गरेर उनलाई धनकुटा ल्याइ कारबाही प्रकृया अघि बढाएका छौं ।’

बैंकिङ कसुर मुद्दा चलेपछि उनी विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको बताइएको छ । खोजतलास गर्ने क्रममा मानेभन्ज्याङ प्रहरी चौकीको टोलीले बिहीबार उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटामार्फत मुद्दा चलेकाले उनलाई थप अनुसन्धान र कारबाहीका लागि धनकुटा ल्याइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!