संगालोखबर
सांकेतिक तस्वीर

सोलुखुम्बु । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा सोलुखुम्बुको थुलुङ दुधकोशीका एकजना व्यक्ति पक्राउ परेका छन् । उनले आफ्नै भिनाजु थुलुङ दुधकोशी गाउँपालिका–१ नेले घर भएका ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेको अभियोगमा स्थानीय ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी नेलेको टोली पुगेर उनलाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!