संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीमा आज बस र ट्याङ्कर जुध्दा १२ जना घाइते भएका छन् । धरानबाट संखुवासभाको आँखीभुईं जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् ।

Advertisement

दुर्घटनामा परी संखुवासभाको धर्मदेवी-३ की १४ वर्षीया संगिता पौडेल, धर्मदेवी-६ का ३२ वर्षीय निराजन बस्नेत, ३१ वर्षीया मेनुका पौडेल र ५४ वर्षीय विष्णु श्रेष्ठ, धर्मदेवी-८ की ६६ वर्षीया मनमाया बसेल, २० वर्षीय अनोज कार्की, ३८ वर्षीया देवी परियार र धर्मदेवी–९ का ६० वर्षीय काजीबहादुर कार्की घाइते भएका छन् ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

त्यस्तै, मोरङको बेलबारी-२ का ७० वर्षीय मानबहादुर विश्वकर्मा, सुनसरीको इटहरीकी ६५ वर्षीया दुर्गा कार्की, छथर जोरपाटीको हात्तीखर्ककी ९ वर्षीया आरोही विश्वकर्मा र तेह्रथुमको लालीगुँरास-८ की ३७ वर्षीया कल्पना विश्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सोही बसले आज धरानमा बाइकलाई पनि ठक्कर दिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!