संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाको साँवा र ब्याज रकम फिर्ता नगर्ने ऋणी सदस्यहरूको तीनपुस्ते विवरण पेश गर्ने समय थप गरेको छ ।

Advertisement

यसअघि जारी गरिएको सूचनाअनुसार केही सहकारी संस्थाहरूले विवरण तयार पार्न समय लाग्ने बताएपछि समय थप गरिएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए ।

सहकारी संस्थाले साउन १५ गतेभित्र साँवा र ब्याज रकम फिर्ता नगर्ने ऋणी सदस्यहरूको तीनपुस्ते विवरण नगरपालिकामा पेश गरिसक्नुपर्ने उनले बताए ।

सहकारीले त्यस्ता सदस्यहरूको विवरण नबुझाएको खण्डमा आगामी दिनमा सदस्यहरूको बचत फिर्तामा समस्या भए सहकारी संस्थाको सञ्चालक समितिलाई पनि कारबाही गरिने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!