संगालोखबर

विराटनगर । भुटानमा सम्पन्न ८औँ साउथ एसियन कराते प्रतियोगितामा ६२ वटा पदक जित्दै नेपाल प्रथम बनेको छ ।

Advertisement

३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित नेपाली टिम प्रथम भएको हो ।

प्रतियोगिताको अन्तिम दिन हिजो नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियरतर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१, –८४ किलोमा गौरव नेपाल, –८४ किलोमा आशिष श्रेष्ठ छन् ।

पुरुषकै सिनियरतर्फ –५५ किलोमा एलोन श्रेष्ठ, –६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र –८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!