संगालोखबर


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठेरो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको दाबी गरेका छन् ।

मन्त्रालयमा आज लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले यस्तो दाबी गरेका हुन् ।

Advertisement

२०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएको उनको भनाइ थियो ।

अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको उनले बताए ।

‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ’ मन्त्री गुरुङले भने ।

अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने उनले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!