संगालोखबर

विराटनगर । माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । चार टोली समिलित प्रतियोगितामा एक जितले नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

Advertisement

माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९ र २५-१० ले पराजित गरेको हो ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगितबाट बाहिरियो । पहिलो खेलमा नेपाल श्रीलंकासँग ३-१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!