संगालोखबर

उदयपुर । प्रदेश सरकारको नेतृत्व गरिरहँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उदयपुरस्थित चौदण्डीगढी नगर कमिटीद्वारा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जनाउँदै दुःख ब्यक्त गरेका हुन् ।

Advertisement

स्थिर सरकार नभएर फेरबदलको खेल मुख्य जिम्मेवार भएको भन्दै मुख्यमन्त्री कार्कीले कांग्रेससँगको वर्तमान गठबन्धन सरकारबाट प्रदेशमा स्थिर सरकार बनेको हुँदा कामले गति पाउने विश्वास लिएको बताए ।

उनले भने, ‘विगतको समयबाट मुलुकले स्थिर सरकार पाउन सकेको छैन । २०७९ को निर्वाचनपश्चात मुलुकमा पटकपटक सरकार बन्ने र गिराउने खेल हुँदा अस्थिरता बढेको छ । सोही अस्थिरता हटाउँदै मुलुकलाई क्षतिबाट जोगाउन एमालेले आफ्नो मूल पार्टी कांग्रेससँग सहकार्य गरेको हो ।’

एमालेले कांग्रेससँगको सहकार्यमा मुलुकलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ को महत्वपूर्ण आकांक्षा पूरा गर्ने गरी सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरी १ सय ६२ जना एमालेमा प्रवेश गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!