संगालोखबर

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले जतिन ताम्राकारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा उमेश कटवाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर तथा कोषाध्यक्षमा चाँदनी मिश्र चयन भएका छन् । यसैगरी सदस्यलगायत गरी ३५ जना चयन भएका छन् ।

Advertisement

अधिवेशनको उद्घाटन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले गरेका थिए । उनले नेपाली खेलकुदलाई राष्ट्रको विकाससँग जोड्दै खेलकुद क्षेत्रको संरक्षण गरेमा क्षेत्रले पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने दाबी गरे ।

अधिवेशनका अवसरमा एमाले केन्द्रीय कमिटी सदस्य जीवन घिमिरे, जिल्ला अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापा लगायतको सहभागिता थियो । महासंघको स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज रोहित कोइरालाका अनुसार कोइरालाले कोशी प्रदेशका नगरस्तरीय अधिवेशन सकिएसँगै महासंघले कोशी प्रदेशका १४ जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!