संगालोखबर

विराटनगर । महिला एसिया कप क्रिकेट आज सुरु हुँदैछ । जुलाई २८ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिदै छन् ।

Advertisement

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्ड एसिया कप खेल्दै छन् ।

नेपाल समूह ‘ए’ मा छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा छ भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।

नेपालले आफ्नो पहिलो खेल उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयअनुसार अपराहन्न २ः१५ बजे सुरु हुनेछ ।

अर्को खेल समूह ‘ए’ कै भारत र पाकिस्तानबीच हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिममा रुबिना क्षेत्री, सीता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पू महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!