संगालोखबर

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले क्षति पुर्याएको छ । पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी लगायतमा क्षति पुर्याएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन ।

पहिरो झरेपछि तमोर करिडोरको सडक अवरुद्ध बनेको छ । यसैगरी, विभिन्न स्थानमा रहेका बिजुलीका खम्बामा क्षति भएपछि विद्युत् अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।

गाउँपालिको कार्यालय भवन लेदोले पुरिएको छ । तापेथोक प्रहरी चौकी पनि लेदोले पुरिएको प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!