संगालोखबर

विराटनगर । गाँजा किनबेचमा संलग्न रहेका दुईजनालाई आज प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।

Advertisement

विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले गाँजा बेच्ने र किन्नेलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ६८ वर्षीय रघुनाथ साह र विराटनगर–१३ का १९ वर्षीय आनन्द कोइरी छन् ।

साहलाई आफ्नै घरबाट गाँजा बिक्री गर्दैगर्दा र कोइरीलाई साहको घरमा पुगेर गाँजा किन्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

साहले कागजमा राखिएको ११७ पोका गाँजा बरामद प्रहरीले बरामद गरेको छ । यसैगरी, केही नगद पनि बरामद भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!